दफा
भूमि प्रशासनको काम भूमिसुधार अधिकारी तथा मालपोत कार्यालयमा सर्ने

(१) यो ऐन प्रारम्भ हुँदाका बखत कायम रहेका भूमि प्रशासन कार्यालयहरु यो ऐन प्रारम्भ भएपछि स्वतः भूमिसुधार कार्यालयहरुमा र भूमि प्रशासकहरु भूमिसुधार अधिकारीहरुमा परिणत हुनेछन र यो ऐन प्रारम्भ भएपछि भूमिसम्बन्धी ऐन, २०२१ अन्तर्गतको काम सोही ऐनबमोजिम भूमिसुधार कार्यालय वा भूमिसुधार अधिकारीले गर्नेछ ।
(२) यो ऐन प्रारम्भ हुँदाका बखत भूमि प्रशासन ऐन, २०२४ बमोजिम भूमि प्रशासन कार्यालय वा भूमि प्रशासकले प्रारम्भ गरी पूरा हुन बाँकी रहेका भूमिसम्बन्धी ऐन, २०२१ बमोजिमका काम यो ऐन प्रारम्भ भएपछि भूमिसम्बन्धी ऐन, २०२१ बमोजिम भूमिसुधार कार्यालय वा भूमिसुधार अधिकारीले जारी राख्नेछ ।
(३) यो ऐन प्रारम्भ हुँदाका बखत भूमि प्रशासन ऐन, २०२४ बमोजिम भूमिप्रशासन कार्यालय वा भूमि प्रशासकले प्रारम्भ गरी पूरा हुन बाँकी रहेका उपदफा (२) मा लेखिएदेखि बाहेक अन्य काम यो ऐन प्रारम्भ भएपछि यस ऐनबमोजिम मालपोत कार्यालयले जारी राख्नेछ ।